Wednesday 25 April 2012

प्रचण्डको टिम ले बैधबा हरुलाई निमिट्यान्न पार्ने


एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले झापा, मोरङ र सुनसरीलाई कोच प्रदेश बनाउने पार्टी निर्णय कार्यान्वयन हुनैपर्ने बताएका छन्। उनले वैद्य पक्षमा लाग्नेहरु राष्ट्रघाती भन्दै अब निमिट्यान्न हुने दाबी पनि गरे। 'ऐतिहासिक पहिचान कायम राख्‍न तीन जिल्ला मिलाएर कोचिला स्वायत्त प्रदेश निर्माण गर्ने निर्णय माओवादीको पाँचौं विस्तारित बैठकले गरेको हो,' गजुरेलले बुधबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा भने- कोचिला एउटा भूगोल हो, विभिन्न जातीय, भाषिक, सांस्कृतिक समुदायको समिश्रण रहेको कोच राज्यलाई जातीयरुपमा हेरिनुहुँदैन।


माओवादी १४ प्रदेशकै पक्षमा रहेको र त्यसमा तल-माथि नभएको पनि उनले बताए। ९, १० प्रदेशमा सहमति हुन सक्ने पनि उनले औंल्याए। पार्टीको मोहन वैद्य समूह शान्ति र संविधान विरोधी भएको आरोप उनले लगाए। 'वैद्य समूहले शान्ति पनि चाहेको थिएन, अब संविधान पनि चाहेको छैन,' उनले भने- हामीलाई राष्ट्रघाती भन्नेहरु नै आफैं राष्ट्रघाती हुन्। वैद्य समूह १२ बुँदेदेखिकै विरोधी हो। अब तिनीहरु निमिट्यान्न हुन्छन्।

कार्यक्रममा सङ्घीयता कार्यान्वयनसम्बन्धी कोचिला सङ्घर्ष समितिका संयोजक एवम् माओवादी सभासद्  पूर्णसिंह राजवंशीले कोचिला राज्यका निम्ति आफूहरु सशक्त सङ्घर्षमा लाग्ने बताए। कोचिला राज्यका लागि प्रधान मन्त्री बाबुराम भट्टराई, माओवादी अध्यक्ष प्रचण्ड, कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको पनि उनले जानकारी दिए।

साभार -नागरिक

No comments:

Post a Comment