Thursday, 19 April 2012

माओवादी मुख्यालयमा झडप भएपछि प्रहरी हस्तक्षेप

केपी ढुंगाना, काठमाडौं, 
वैशाख ७- माओवादी मुख्यालयमा बहिर्गमित लडाकुका दुई समूहबीच झडप भएको छ। झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेको छ। अहिले त्यहाँ ४० भन्दा बढी सुरक्षाकर्मी परचालन गरिएको डिएसपी धिरजप्रताप सिंहले जानकारी दिए।सागर लिम्बू र लेलिन बिष्टले नेतृत्व गरेका दुई समूहबीच झडप भएको हो। आफूहरुले पनि स्वेच्छिक अवकाशमा जाने लडाकुसरह सुविधा पाउनुपर्नेलगायतका माग राखेर एक सातादेखि धर्नामा रहेका उनीहरुबीच यसअघि पनि सामान्य झडप भएका थिए।

उनीहरु धर्नामा बसेदेखि नै माओवादी मुख्यालयमा ३०-३५ जना सुरक्षाकर्मी तैनाथ रहेकामा आज झडप बढेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षाकर्मीको सङ्ख्या बढाएको सिंहले जानकारी दिए। 

No comments:

Post a Comment