नेपालगन्ज, वैशाख ७ - नेपाली सेनाका एक जना महासेनानी र स्थानीय एक होटल व्यवसायीबीचको विवादमा एकले अर्को पक्षलाई निर्घात कुटपिट र संघातिक आक्रमण गरेको दाबी गरेका छन् ।
चार दिनअघि महासेनानी राजु नेपाली र हंगेरी होटलका मालिक, मजदुर तथा केही स्थानीय युवाबीच परस्पर कुटाकुट भएको थियो । महासेनानी नेपालीले आफूले संरक्षण दिएकी एक युवतीलाई भेट्न गएका बेला कोठाभित्र पस्ने बित्तिकै बाहिरवाट चुक्कुल लगाई दिएपछि उत्पन्न विवाद कुटाकुटमा
परिणत भएको बताएका छन् ।
'किन ढोका लगाएको भन्दै एक-दुई थप्पड हानेको हो,' टाउको, हात-खुट्टा र ढाडमा हान्दा लागेको घाउ र निलडाम देखाउँदै महासेनानी नेपालीले भने,- सडकबाट समातेर होटलको कम्पाउण्डभित्र लगी गेट बन्द गरेर संघातिक अक्रमण गरे ।'
होटल सन्चालकले भने आफूहरुलाई महासेनानी र उनका सहयोगीले कुटपिट गरेको बताउदै आएका छन् । सन्चालक राजेश विकले आफूहरुले चुक्कुल नलगाएको बताए । तर, सेना र प्रहरीले ज्यादती गरेको उनले दाबी गरे । 'त्यतिकै कर्णेल र प्रहरीले आएर कुटे'- विकले भने ।
घटनामा कुटाई खाएको दावी गर्दै आएका दुबै पक्षले अहिलेसम्म घटनाको जाहेरी नदिएको प्रहरी जनाएको छ । 'कुटपिटमा संलग्नलाई पक्राउ गरेर सर्वजनिक मुद्धाको तयारी गरेका थियौ,' बाँके प्रहरी नायव उपरीक्षक उदय तामाङले भने,-'तर महासेनानीले माफी दिएर त्यसै छाड्न भनेकाले मुद्दै नलगाई छाडिएको हो ।'
उक्त घटनाबारे समाचार लेखेका सन्चारकर्मी दिनेश गौतमलाई कर्णेल नेपालीले धम्की दिएकोभन्दै नेपाल पत्रकार महासंघ बाके शाखाले बिरोध जनाएको छ । स्थानीय केही गैरसरकारी संघ-सस्थाहरुले पनि घटनाको बिरोध गरेका छन् ।
No comments:
Post a Comment