Sunday 22 April 2012

डा. भट्टराई सरकार ढल्ने अन्तिम अबस्था

काठमाडौ,
 माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले नेतृत्व गरेको बर्तमान सरकार ढल्ने अन्तिम अबस्थामा पुगेको जानकारहरुले बताएका छन्। त्यसैले गर्दा प्रधानमन्त्री डा. भट्टराई मधेशी दलहरुलाई छाड्दै अन्य दललाई थाथमा लिन थाल्नु भएको छ। डा. भट्टराईले माओवादी बिभाजित गरी नयाा समूह बनाउने हो भने मात्र नेकां, एमाले र मधेशी दलहरुले
समथृन गर्ने अन्यथा उहाा बिरुद्ध कुनै पनि दिन अबिश्वासको प्रस्ताब आउन सक्ने देखिएको छ। हालै बीरगञ्ज पुग्नु भएका भौतिक योजना तथा निर्माण राज्यमन्त्री ईश्वरदयाल मिश्रले सत्ता गठबन्धनका क्रममा एमाओवादी र मधेसी मोर्चाबीच भएको चारबाुदे सहमति बमोजिम मधेसका माग सम्बोधन नगरिए मोर्चाले सरकार छाड्ने बताउनुभएको छ।  मधेसी पत्रकार समाज पर्सा शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा उहााले संयुक्त मधेसी मोर्चासाग विगतमा भएका सम्झौताप्रति सरकारको व्यवहार उदासिन देखिन थालेटको र आफूहरु पनि सरकारबाट हट्न मनस्थितिमा पुगेको बताउनु भएको थियो। उहााले सहमति बमोजिम मधेसका माग सम्बोधन गर्न ढिलाइ र हेलचेक्र््याई गरिए मोर्चा सरकारमा बस्नुको औचित्य नहुने पनि बताउनु भयो। संभबत आगामी १८ गते राजधानीमा शक्ति प्रदर्शन गर्दै मधेशी मोर्चाले सरकार छाडेको घोषणा गर्ने छ। मधेसी मोर्चाले सरकार बाहिर बसेका तथा मोर्चाभन्दा अलग रहेका मधेसवादी अन्य दलहरुलाई पनि आवद्ध गर्दै अगाडि बढ्ने निर्णय गरिसकेको छ र त्यसैका लागि पहलहरु पनि थालिएका छन्। मोर्चाको गत साता बसेको बैठकले मधेसका मुद्दालाई अझै सशक्त बनाउन मधेसवादी दलहरुलाई एकाकार गर्दै अगाडि बढ्न आवश्यक भएको भन्दै मोर्चा वाहिर रहेका अन्य मधेसवादी दललाई गठवन्धनमा आवद्ध गर्ने निर्णय गरेको थियो। मधेसी मोर्चाले उपेन्द्र यादव अध्यक्ष रहेको मधेसी फोरम, अनिलकुमार झाको नेतृत्वमा रहेको संघीय सद्भावना पार्टीलगायतका अन्य मधेसवादी दललाई पनि सामेल गर्ने निर्णय गरेको छ। यसअघि मधेसवादी दलका केही घटकको बिरोधका कारण मोर्चामा अन्य मधेसवादी दललाई राख्न नसकिने भन्दै मोर्चामा आवद्ध हुन नसकेका मधेसवादी दलहरुले बिरोध जनाउादै आएका थिए। मोर्चाको बैठकले यसअघि मोर्चामा आवद्ध रहेको कार्यदललाई चैत १८ गते आयोजना गरिने संयुक्त आमसभा मुल तयारी समितिकारुपमा गठन गर्दै सभालाई व्यवस्थित बनाउन बिभिन्न उपसमितिहरुसमेत गठन गरिएको जनाइएको छ। बर्तमान सरकारले संविधान बनाउन नसक्ने भएपछि मधेशी दलहरु नेकां र एमालेसाग नजिकिएर फेरी सरकारमा बसिरहने बाटोको खोजीमा लागेका छन्। 

No comments:

Post a Comment