Sunday 22 April 2012

शरणार्थी को नाममा अमेरिका पठाउने नाइके ! ! ! ! ! ! !

काठमाडौं,
 भुटानी शरणार्थी बनेर अमेरिका छिर्ने सुरमा कसैलाई पैसा बुझाउदै हुनुहुन्छ भने होस् गर्नुस्, त्यस्तो ठगलाई नेपाल प्रहरीले पक्रन सक्दैन किनकि त्यस्तालाई काठमाडौंको बालुवाटारस्थित आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम)को कार्यालयले संरक्षण दिने गरेको छ ।
झापा जिल्ला खुदुनावारी–२ घर भएका जितबहादुर लिम्बू तीन दर्जन बढी व्यक्तिबाट निकै मोटो रकम असुल
गरेर आइओएमको कार्यालयमा बसिरहेका छन् । अस्ति ३ गते सिन्धुली घर भएका थिरबहादुर श्रेष्ठले आफू ठगीमा परेपछि निजलाई पक्राउ गरी कारबाहीको आग्रहसहित सिडिओ कार्यालयमा निवेदन दिएका थिए । सिडिओ कार्यालयको आदेशबमोजिम लिम्बूलाई पक्राउ गर्न गौशालाबाट गएको प्रहरी टोलीलाई आइओएमले अपराधी जिम्मा नलगाई त्यसै फर्काइदिएको छ ।
आफूलाई अमेरिका पु¥याइदिन्छु भनी अग्रिम पैसा लिएका लिम्बूको परिवारै शरणार्थीका रूपमा दर्ता भई भोलिको उडानबाट अमेरिका जाने तयारी गरिरहेको थाहा पाएपछि श्रेष्ठले जिल्ला प्रशासनमा उजुरी हालेका थिए तर आइओएमका कर्मचारीसग मिलेमतोमा काम गरेका लिम्बूलाई उसले प्रहरीको जिम्मा लगाउन मानेन । लिम्बू वास्तविक भुटानी शरणार्थी भए त ठीकै थियो तर उनी नक्कली शरणार्थी हुन् र उनले आइओएमका कर्मचारीसग मिलेर आफ्नो नाम पनि शरणार्थीको सूचीमा दर्ता गराइसकेका छन् । सुटुक्क लिम्बूको परिवारलाई अमेरिका भगाउन लागेको आइओएमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीले लिम्बूलाई पक्राउ गर्ने तयारी गरेको जानकारी पाएपछि चाहि“ उनीलगायत तीनजना बहिनी र बाबुआमाको उडान रद्द गरेको छ ।
आइओएमले नै संरक्षण गरेर ठगलाई सुरक्षित रूपमा राखेपछि लिम्बूबाट ठगिएका ३९ जनाको भने बिल्लीबाठ हुने भएको छ । स्रोतका अनुसार, दमकस्थित शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग (युएनएचसिआर) को शाखा कार्यालयको कर्मचारी भएको परिचय दि“दै कार्ड देखाउने लालबहादुर राई (जसले आकाश राईको नाममा नेपाली नागरिकतासमेत लिएका छन्), सन् १९९० मा भुटान पिपुल्स पार्टी स्थापना हु“दाका सदस्य जागिरमान लामा, झापा बेलडागी अवस्थित शरणार्थी शिविरमा बसोवास गर्ने पदमलाल मिश्र र भारतको नयादिल्लीस्थित अमेरिकी राजदूतावासका कर्मचारी भएको बताउने भागीरथ भट्टराईको पनि उक्त ठगीमा संलग्नता रहेको बताइन्छ ।
उनीहरूले पीडितहरूको पासपोर्टमा नया“दिल्लीस्थित दूतावासबाट लागेको भिसा भन्दै नक्कली भिसा लगाइदिने गरेका थिए भने आइओएमका कर्मचारीलाई काम हुन्छ भनिदिन लगाएका थिए । स्मरण रहोस्, सोझा–सीधा नेपालीलाई भुटानी शरणार्थीका रूपमा अमेरिका लगिदिन्छु भन्दै ठगी गर्ने कार्यमा युएनएचसिआर र आइओएमका कर्मचारी पनि संलग्न रहेको समाचार केही वर्षदेखि नै सार्वजनिक हुन थालेको हो ।

No comments:

Post a Comment