Monday 23 April 2012

बिमानस्थलको भिआइपी रूममा मन्त्रीका बूढाबूढी सुतेपछि !!!!!

काठमाडौं,
 नेकपा एकीकृतका पोलिटब्युरो सदस्य तथा पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगर बेला–बेला होस्ल्यांगे पाराका घटनामा चर्चामा आइरहन्छन् । अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागी हुन
जर्मनीको बर्लिन उड्दा विनाभिसा कतार पुगेपछि पक्राउ परेका उनको यसपटकको विदेश यात्राका क्रममा कुनै विदेशी मुलुकमा होइन, स्वदेशमै रमिता देखिएको छ ।जर्मनी जा“दा हतारमा उडेकाले भिसा लिन भुलेको बयान दिएका उनी यसपटक जापान जा“दै थिए । अगुल्टाले हानेको कुकुर बिजुली चम्क“दा तर्सन्छ भनेजस्तो विगतको तीतो अनुभवका कारण यसपटक उनी साढे तीन घन्टाअघि नै विमानस्थल पुगे । राति साढे ११ बजे ड्रागन एयरबाट हङकङ हुँदै उड्नुपर्ने उनी ७.३० बजेतिरै विमानस्थल पुगेपछि कर्मचारीलाई खातिरदारीको समस्या प¥यो । मन्त्री दम्पतीलाई विमानस्थलमा स्वागत र जापानका लागि बिदाइ गर्न विमानस्थलका महाप्रबन्धक रतिशचन्द्रलाल सुमन तैनाथ थिए । तर, उनी पनि लामो समय मन्त्रीस“ग अडिन सकेनन् । दम्पतीलाई भिआइपी कक्षमा आराम गर्न छाडेर आफ्नो कार्यकक्षतिर गए ।
यसपटक जापानको भिसा साथमै बोकेको दम्पतीलाई सायद ढुक्कको अनुभूति भएकाले हुनुपर्छ, दुवैजना भिआइपी कक्षको सोफामा डङ्ग्र¨ पल्टिए । चिया, कफी सर्भ गर्न गएका कर्मचारीले चिया राखेर फर्कंदा बूढाबूढी भिआइपीमा सुतेको खबर पाएपछि विमानस्थल परिसरमा हल्लीखल्ली मच्चियो । यो दृश्य हेर्न महाप्रबन्धक सुमन आफै“ पुगे । दुवैलाई मस्त निद्रामा देखेपछि एकछिन अलमल्ल परे । तर, साहस बटुलेर मन्त्रीलाई ब्य“ुझाउनु बाध्यता थियो । किनकि विभिन्न उडानबाट आउने र जाने स्वदेशी तथा विदेशी भिआइपीहरूलाई राख्ने स्थान पनि सोही कक्ष थियो । उनले बूढाबूढीलाई भिआइपीभित्रको अर्को आराम कक्षमा सुत्ने व्यवस्था मिलाएर नम्रतापूर्वक उठाए । स्रोतका अनुसार मूलकक्षबाट उठाएपछि मन्त्री दम्पती महाप्रबन्धकले तयार गरिदिएको अर्को कक्षमा गएर फेरि सुत्यो । जापान भ्रमणबाट यो जोडी ४ वैशाखमा स्वदेश फर्र्किएको छ ।
सित्तै पाउँदा त हजुर
कस्तुरीले आफ्नै बिनाको महŒव बुझ्न सक्दैन तर मन्त्री भएर पनि पदको महŒव नबुझेपछि कसको के लाग्छ र ? त्यसमाथि नीतिगत भ्रष्टाचारको अनुसन्धान गर्ने निकाय कमजोर भएको नेपालजस्तो मुलुकमा । प्रसंग हो, भिसा नलगाई जर्मनी हि“ड्ने पर्यटनमन्त्री लोकेन्द्र विष्टको । उनी यही साता आफू र श्रीमतीको भिसा लगाएर जापान पुगे । नेपालमा लुम्बिनी भ्रमण वर्ष मनाइरहदा बुद्ध धर्म बाहुल्य जापान जानु आश्चर्य होइन तर उनी जापान न सरकारी खर्चमा गएका हुन् न त जापान सरकारको निमन्त्रणामै । विष्ट निजी खर्चमा पनि गएका होइनन्, उनी जापान पुग्ने माध्यम हुन्, गैरआवासीय नेपाली संघका कोषाध्यक्ष भवन भट्ट । भवनकै खर्चवर्चमा त्यता पुगेका मन्त्रीले बिबी (भवन भट्ट) होटलले किनेको रिसोर्ट उद्घाटन गरेर फर्किए । विष्ट त्यतिवेला जापान गएका छन्, जतिवेला उनै भट्टको मुख्य लगानी भएको भनिएको बिबी एयरवेजलाई पर्यटन मन्त्रालयअन्तर्गत नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छ । भगवान् बुद्ध भन्न पनि मिल्ने भवन भट्ट (बिबी) एयरवेजलाई चैत ९ गते नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको हो । कम्पनीले असोज ८ गते अन्तर्राष्ट्रिय उडानको अनुमति माग्दै आवेदन दिएको थियो । गोर्खाका पूर्व राष्ट्रिय पञ्चायतवाला यदु भट्टका छोरा भवनले गोर्खाली प्रधानमन्त्री डा. बाबुराम भट्टराईस“ग लबिङ गरेपछि पुस तेस्रो साता सञ्चालन अनुमति पाएका हुन् ।
अनुमति पाएको तीन महिनापछि चैत २९ गते मात्रै बिबीलाई एयरलाइन्स अपरेसन सर्टिफिकेट(एओसी) दिइएको थियो । बिबीलाई सरकारी झन्डाबाहक नेपाल एयरलाइन्सले पाएकै रुट दिल्ली, बैंकक, क्वालालमपुर, हङकङ, टोक्यो, दुबई र सिंगापुर उड्ने एओसी दिएको तेस्रो दिनमै विष्ट उनैको खर्चमा जापानको नागानो सहर पुगेका हुन् । त्यहा“ उनले बिबी होटलले लिलामीमा किनेको तातेसिना रिसोर्ट उद्घाटन गरेर श्रीमतीस“ग जापान घुमघाम गरेका थिए । पाच अर्ब रूपैया“मा किनिएको भनिएको, ४५२ रोपनीमा फैलिएको रिसोर्टमा ८० कोठा र दुई रेस्टुरा“ छन् ।

No comments:

Post a Comment