Monday 23 April 2012

नेपालकै धनीको सम्पत्ति निरजलाई

काठमाडौं,
 सबैभन्दा बढी मुनाफा दिने निजी क्षेत्रको पहिलो दूरसञ्चार कम्पनी एनसेलबाट गैरआवासीय नेपाली उपेन्द्र महतोले हात झिकेका छन् । आफ्नो सेयरको अधिकांश हिस्सा युरोपको टेलिकम अपरेटर टेलियासोनेरालाई बिक्री गरेका उनले बाँकी सेयर अर्का गैरआवासीय नेपालीलाई हिजो हस्तान्तरण गरेका हुन् ।

महतोले
आफ्नो हिस्सामा रहेको २० प्रतिशत सेयर रसियन ग्याङका गैरआवासीय नेपाली डा. निरजगोविन्द श्रेष्ठका नाममा नामसारी गरेको स्रोतले जानकारी दियो । स्टेट पोलिटेक्निक एकेडेमी मिन्स्क बेलारुसबाट टेक्निकल साइन्समा विद्यावारिधि गरेका निरज सानिमा विकास बैंकका बोर्ड डाइरेक्टर हुन् भने उनी सानिमा माई हाइड्रोपावरका लगानीकर्ता पनि हुन् । श्रेष्ठलाई सेयर हस्तान्तरण गर्दा मात्रै महतोले साढे दुई करोड रुपैयाँ राजस्व बुझाएका थिए । उनले साढे दुई अर्ब रुपैयाँमा २० प्रतिशत सेयर बिक्री गरेको बताइएको छ । तीन वर्षअघि महतो र एनसेलको अर्को प्रवद्र्धक कजाक कम्पनी भाइजर रेनल्टले टेलिया सोनेराको एशिया होल्डिङलाई ८० प्रतिशत सेयर बिक्री गरेका थिए ।

भाइजरले आफूसँग भएको ५१ प्रतिशत सेयर बिक्री गरेको थियो भने महतोको समूहले २९ प्रतिशत सेयर टेलियासोनेरालाई बेचेको थियो । भाइजरले सेयर बिक्रीबापत त्यतिबेला बुझाउनुपर्ने करको बक्यौता अहिले ३० करोड रुपैयाँ पुगिसकेको छ । यस विषयमा कम्पनीका प्रवद्र्धक र कर कार्यालयबीच लामो समयदेखि युद्धजस्तै छ । टेलियासोनेराले प्रकाशित गरेको सन् २०११ को वित्तीय विवरणअनुसार गत वर्ष एनसेलले २४ अर्ब रुपैयाँको कारोवार गरेको थियो । त्यसअघि २०१० मा १४ अर्ब रुपैयाँको कारोवार ग¥यो । कम्पनीले गतवर्ष ६ अर्ब रुपैयाँ नाफा गरेको र यो वर्ष आठ अर्ब रुपैयाँ पु¥याउने लक्ष्य छ । उच्च प्रतिफल दि“दै आएको कम्पनी बिक्री गरेर महतोले केमा लगानी गर्न खोजेका हुन् ? अहिले कर्पोरेट जगत्मा यही प्रश्न सबैभन्दा बढी सोधिन थालिएको छ । अर्कोतर्फ ७० लाख ग्राहक नघाएको एनसेलको प्रवद्र्धक कम्पनी टेलियासोनेराले ३५०४८ दर्ता नम्वर भएको नेपालको अर्को मोवाइल कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रा.लि.को ५० प्रतिशत हिस्सेदारी खरिद गरेको छ ।

टेलियासोनेराको वित्तीय विवरणअनुसार नेपाल स्याटेलाइटको ५० हजार कित्ता सेयर झन्डै दुई अर्ब २० करोड रुपैयाँमा खरिद गरिएको हो । नेपाल स्याटेलाइटमा टेलियासोनेराले १७ करोड ४० लाख क्रोनरको इक्विटी र ५० लाख क्रोनरको सेयर खरिद गरेको छ । अर्कोतर्फ एनसेलको माइक्रोवेभ फ्रिक्वेन्सीको फाइल सञ्चार राज्यमन्त्री सुरिताकुमारी साहले अड्काइदिएकी छन् । एक टावरबाट अर्को टावरमा भ्वाइस र डाटा रिले गर्न दूरसञ्चार प्राधिकरणले एनसेललाई छुट्ट्याइदिएको माइक्रोवेभ फ्रिक्वेन्सी छानबिन गर्ने भन्दै अख्तियार र लेखा समितिले रोक्का गरेका थिए । अहिले अख्तियार र लेखा समितिले फ्रिक्वेन्सी फुकुवा गरिसकेका छन् तर राज्यमन्त्री साहले न एनसेलले मेरा मान्छे भर्ती गरिदिन्छ न त मलाई केही नै हुन्छ भन्दै फाइल थन्क्याइदिएकी हुन् ।- जन आस्थ 

No comments:

Post a Comment