Friday 27 April 2012

माओवादीद्वारा आँखामा तेजाब छर्केर मन्दिर को जग्गा कब्जा

मन्दिरलाई सच्चा भगवान्को रूप मानिन्छ र पुजिन्छ पनि । भगवान्आश्रित स्थानमा चोरी, डकैती, बेतिथि, अन्याय नहुने विश्वास गरिन्छ । तर, रुकुमको प्रसिद्ध धार्मिकस्थल डिग्रे मन्दिरको गुठीमा रहेको कब्जा जग्गा चोरी गरी गुपचुपमा बेचिएको छ । माओवादीले स्थानीय सत्ताको निर्देशन भन्दै ०५८ सालमा कब्जा गरेको स्यालापाखा गाविसको ५ र ६ वडास्थित साढे २७ रोपनीमध्ये केही जग्गा स्थानीय सर्वजित पुनको नाममा ०६० सालमा सुटुक्क बिक्री गरेको रहस्य खुलेको छ ।
प्राप्त जानकारीअनुसार जनकम्युनको रेखदेखमा रहेको उक्त जग्गामथ्ये करिब तीन रोपनी जग्गा बिक्री गरिएको छ । अरू जग्गा भने माओवादी कार्यकर्ताले भोगचलन गर्दै आएका छन् । तत्कालीन समयमा पुनले माओवादीको जनसरकारमा जग्गा पास गराएकाले हालसम्म सो कुरा गुपचुपमै रहेको पाइन्छ । ७० हजारमा बिक्री गरेको जग्गामा पुनले पक्की घर र खेत बनाएका छन् । ‘मैले माओवादीकहा“ पास गरेर जग्गा किनेको ह“ु, अरू थाहा छैन,’ उनले भने । स्थानीयवासी प्रेमध्वज पुनका अनुसार सोही जग्गामा अरू घर पनि बन्ने तयारीमा छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष द्रोणबहादुर खत्रीका अनुसार माओवादीले जग्गा कब्जा गरेर पार्टी सञ्चालनमा रहेका कम्युन तथा सहिद परिवारलाई जग्गा प्रयोग गर्न दिइएको छ ।
गुठीको जग्गामा धानलगायत अन्य अन्नबाली पनि उत्पादन हुने गर्छ । जानकारीअनुसार मन्दिरको जग्गामा सात सय बोट सुन्तला लगाइएको छ भने करिब तीन सय मुरीजति धान उत्पादन हुन्छ । हामीले पटक–पटक मन्दिरको जग्गा फिर्ता गर्न आग्रह गरेका छा“ै तर माओवादी हुन्छ–हुन्छ भन्दै तर्कने गरेको छ– अध्यक्ष खत्रीले भने । कम्युन परिवार र १३ सहिद परिवार अस्थायी रूपमा मन्दिरको जग्गामा बसोवास गर्दै आएका छन् । माओवादीले जग्गाधनी गोपालप्रसाद शर्मालाई आ“खामा तेजाब छर्केर उनका दुवै आ“खा गुमेका छन् । 
राजु लामिछाने

No comments:

Post a Comment