Friday, 20 April 2012

बलात्कार गरेको आरोपमा माओवादी सेक्रेटरी पक्राउ


काठमाडौं, 
एकिकृत नेकपा माओवादी मैदी गाउँका कमिटी सेक्रेटरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। गत बैशाख २ गते धादिङ जिल्लाको मैदी गाविस वडा नम्बर ४ की १५ बर्षिया एक बालिकालाई बलात्कार गरेको आरोपमा लालवहादुर
कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

घरमा सुतिरहेको बोला कार्कीले बालिकालाई बोलाई घर भन्दा अलि पर लगी जवरजस्ति बलात्कार गरेको कार्की माथि आरोप लागेको छ। बालिकाले एक हप्तापछि परिवारसँग घटनाको रहस्य खोले पछि बालिकाको परिवारले प्रहरीलाई खबर गरेपछि ४२ वर्षिय कार्कीलाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो। बलात्कारको आरोप लागेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय धादिको हिरासतमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

No comments:

Post a Comment