Tuesday 24 April 2012

बैद्य पक्षले वाइसीएलजस्तै दस्ता बनायो


काठमाडौ, 
वैशाख १२ -  माओवादी उपाध्यक्ष मोहन बैद्य पक्षले वाइसीएलजस्तै जनस्वयंसेबक ब्युरो गठन गरेको छ । बैद्य पक्षको अघोषित केन्द्रीय कार्यालय कुपन्डोलमा भएको भेलाले स्थायी समिति सदस्य नेत्रबिक्रम चन्द इञ्चार्ज  तोकी ब्युरो बनाएको हो ।
 उपाध्यक्ष मोहन बैद्य, महासचिब रामबहादुर थापालगायतका नेताको उपस्थितिमा ब्युरो गठन गरिएको हो ।केही महिना अघि यो ब्युरो गठन भए पनि वाइसीएलका नेताहरुले बिरोध गरेका कारण निश्क्रिय भएको थियो । पुनर्गठित ब्युरोमा पूर्ब लडाकु डिभिजन सहायक कमान्डर उदयबहादुर चलाउने, रामलाल रोका, नेपबहादुर कुँवर रहेका छन् । त्यस्तै वाइसीएलका नेताहरु उमा भुजेल, साबित्री दुरासहित १७ जना समिति पनि बनाएको छ ।
-ekantipur.com/nep

No comments:

Post a Comment