Tuesday 24 April 2012

झन्डै चिप्लिएन सिडिओको ज्यान

सिन्धुपाल्चोक, 

 अघिल्लो मंगलबार चार बजेतिर जिल्लाका भिआइपीको टोली रिल्याक्स गर्न सुकुटेको माओवादी अध्यक्ष प्रचण्डलाई खुब मन पर्ने सुनकोसी रिभरसाइड रिसोर्टतिर लाग्यो । टोलीमा प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले, सहायक प्रजिअ गोविन्दप्रसाद सापकोटा, डिएसपी वसन्तकुमार लामा, न्यायाधीश अनन्तराज डुम्रेलगायत समावेश थिए । सिडिओका सवारी चालक हाइड्रोसिलको अपरेसन गरेर ओच्छ्यानमै थलिएपछि टोलीलाई जिल्ला खानेपानीको गाडीले रिसोर्ट पु¥याएको थियो ।
बुधवार बाह्रबिसेमा हुने जिल्ला रेडक्रस सोसाइटीको अधिवेशनमा सहभागी हुन सो टोली मंगलबार नै चौताराबाट हि“डेको हो । बाटोमा ह“सिमजाक र रमाइलो गर्दै भिआइपी टोली करिब पा“च बजे रिसोर्ट अवतरण ग¥यो । र, सुरु भयो माछा र चिकेन रोस्टस“गै मापसे । रिसोर्टको माथिल्लो कटेजमा बस्यो हाकिम समूह । तल्लो कटेजमा सिडिओका अंगरक्षक प्रहरी हवल्दार राजाराम खत्री खनाल, डिएसपीका अंगरक्षक ईश्वर खत्री र जिल्ला खानेपानीका सवारी चालक दिनेश श्रेष्ठ । सम्सा“झैबाट सुरु भएको मापसेले रात ढल्दै गएपछि अराजक रूप लिन थाल्यो । माथ्लो कटेज मात्यो । तल्लो पनि झ्याप । जानकारीअनुसार सिडिओको टोलीले तीन फुल रुस्लान भोड्का पियो । अनि तल्लोका पनि के कम ! उनीहरूले त झन्, साढे तीन फुल पिएछन् ।
पहिलेदेखि नै सिडिओस“ग असन्तुष्ट उनका बडीगार्ड खनालले त्यसदिन मात लाग्दै गएपछि असन्तुष्टि ओकल्न थाले । खानेपानीका चालकले आफ्नो हाकिमलाई त्यस्तो भन्न नहुने बताएपछि एक चरण विवाद चर्किएको थियो । विस्तारै माथिबाट हाकिमहरूले खाना खाएर सुत्न ताकेता गरेपछि उनीहरू खाना खाइवरी सुत्न तयार भए । तर, उनीहरूलाई खाना खाए पनि मातले छाडिहाल्ने अवस्था थिएन । सिडिओस“गको रिस मरिहाल्नेवाला थिएन । खत्रीलाई सिडिओले पहिलेदेखि नै हेप्ने गरेको उनको गुनासो थियो । सहायक सिडिओ सापकोटाले भने उनलाई खुब माया गर्थे । ओच्छ्यानमै पुगिसकेपछि पनि खत्री अनवरत सिडिओमाथि खनिई रहे, अनि विस्तारै खानेपानीका चालक श्रेष्ठ र खत्रीबीच हाकिमहरूको विषयलाई लिएर विवाद चर्कियो । त्यतिबेला आर्थिक हिसाबमा को शक्तिशाली ? भन्ने विवाद पनि भएको थियो ।
विवाद उत्कर्षमा पुग्नै लाग्दा सिडिओ तल झरे । उनी त्यहा“ पुग्नै नपाई खत्रीले हवाई फायर गरे । अनि तत्कालै अर्को गोली हाने । गोली श्रेष्ठको दाहिने पाखुरा छेडेर बाहिर निस्कियो । सिडिओ आत्तिए । ‘लौ न राजारामले त बित्यासै पा¥यो’ भन्दै उनी फेरि माथि नै उक्लिए । डिएसपीसहितको सबै टोली तल झ¥यो । टोली तल आइपुग्दा श्रेष्ठ भुइ“मा ढलिसकेका थिए । फेरि खत्रीले सिडिओ काफ्लेमाथि गोली चलाउने सम्भावना भएकाले उनलाई पछाडि राख्दै डिएसपी र सहायक सिडिओ अघि बढे । रिसोर्टका सबै बत्ती निभाइयो र खत्रीलाई प्रहरीले नियन्त्रणमा लियो । स्रोतका अनुसार पक्राउ परिसकेका खत्री सिडिओमाथि एकोहोरो खनिरहेकै थिए । जे होस्, त्यसपछि गोली लागी घाइते भएका खत्रीलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल लगियो । र, मापसे चेकजा“च गर्ने भन्दै श्रेष्ठलाई चौतारा अस्पताल पु¥याइयो । नशामा मदहोस भएका खत्रीले अस्पतालको सिसासम्म तोडफोड गरे । अहिले घटनाको छानबिन गर्ने भन्दै डिएसपीको संयोजकत्वमा एउटा समिति बनाइएको छ ।
-जन आस्था 

No comments:

Post a Comment