Tuesday 24 April 2012

मुद्दा मिलाउन थानामा आफै पुगे मन्त्री


विराटनगर,
 राज्यमन्त्रीहरू उसै पनि पदअनुसारको जिम्मेवारी नपाएकाले फुर्सदिलो हुनुपरेको गुनासो गर्छन् । यसैले होला गृह राज्यमन्त्री भीमराज राजवंशी फुर्सदिलो समय आºनो गाउ“घरमै राजनीति गरेर बिताउने गर्छन् । उनी स–साना समस्या लिएर प्रहरी प्रशासनमा जान्छन् र मुद्दामामिला मिलाउन आग्रह गर्छन् ।
चुनावी क्षेत्र र घर एउटै ठाउ“मा पर्ने भएकाले उनी मन्त्री भएपछि गाउ“लेका सानातिना झगडा मिलाउन पनि प्रहरी थाना र चौकी पुग्ने गरेका हुन् । गाउ“का एक बासिन्दाले भने, ‘गृहराज्यमन्त्री होइन, उहा“
जिल्लाको गृह क्षेत्र मन्त्री हो ।’ जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार जिल्लामा मन्त्रालय छाडेर सबैभन्दा बढी आउने र घरमा धेरै बस्ने पनि उनै हुन् । सबैभन्दा बढी इन्धन माग्नेमा पनि राजवंशी नै पर्छन् । जिल्ला प्रशासन स्रोतले भन्यो, ‘घर आएपछि जिल्ला प्रशासनबाट तेल भराउ“छन् अनि गाउ“मा हुने राजनीतिमा आफू र कार्यकर्तासहित प्रहरीको सुरक्षा कार्यक्रममा सहभागी हुन्छन्, मन्त्रीज्यूलाई ह“ुदैन, बजेट छैन भन्नुभएन ।’
प्रहरी स्रोतका अनुसार दसै“यता मात्रै पनि राज्यमन्त्री समस्या बुझ्ने बहानामा मुद्दा मिलाउन इलाका प्रहरी कार्यालय रंगेलीमा ६ पटकभन्दा बढी पुगिसकेका छन् । २९ चैैत बुधबार जिल्ला प्रशासन मोरङमा कार्यालय निरीक्षणको बहानमा तीन घन्टा बसेर गएका थिए । उनले सिडिओ तारानाथ गौतमलाई हातहतियार मुद्दामा पुर्पक्षमा रहेका एक अभियुक्तको मुद्दा मिलाउन आग्रह गरे । तर, सिडिओ गौतमले भने मन्त्री राजवंशी कार्यालय निरीक्षणका लागि मात्रै आएको बताए । राज्यमन्त्री राजवंशीको घर मोरङको कटहरी–७ स्थित राजवंशी टोल हो । पहिले गाउ“कै विद्यालयमा शिक्षक रहेका उनी लामो समय कांग्रेसको राजनीतिपछि मधेस आन्दोलनका वेला मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका हुन् ।
फोरम फुटेपछि उनी गृहमन्त्री विजय गच्छदार अध्यक्ष रहेको फोरम लोकतान्त्रिकमा प्रवेश गरी राज्यमन्त्री बनेका हुन् । उनले मोरङको क्षेत्र नं. ६ बाट निकटतम प्रतिद्वन्द्वी एमालेका महेश रेग्मीलाई प्रत्यक्षतर्फ पराजित गरी संविधानसभामा निर्वाचित भएका हुन् । राजवंशी आºनो क्षेत्रको सिरुवा पर्वदेखि गाउ“ भेलासम्मका समारोहमा सहभागी हुन्छन् । जानकारहरू भन्छन्, ‘फुर्सदिला राज्यमन्त्रीले आºनो क्षेत्रमा मन्त्री भएकै बेला राज्यको सेवा–सुविधा प्रयोग गरेर अर्कोचोटि चुनाव जित्न सुविधा प्रयोग गरेर राजनीति गरेका हुन् ।’
-जन आस्था 

No comments:

Post a Comment