Saturday, 21 April 2012

बिक्न छाड्यो रेखाको जवानी

छुट्टै पहिचान बनाएका निर्देशक तुलसी घिमिरे, एक बेलाका सफल निर्देशक शिव रेग्मी, भद्दा ग्ल्यामरले तल्लो बर्गमा प्रिय बनेकी नायिका रेखा थापाहरुले बनाएका सिनेमाहरु अहिले नेपाली सिनेमा घरहरुमा भाग्य अजमाइ रहेका छन्। बर्ष २०६९ को आगमनस145गै मुलुकका
सिनेमा घरहरुमा लागेका तीनवटै सिनेमाहरु परम्परागत धङधङीकै शिकार बनेकाले हुन सक्छ, दर्शकले खासै रुचाएको पाइएन।  
आसामबाट प्रदर्शन प्रारम्भ गरिएको तुलसी घिमिरे निर्देशित मृगतृष्णा उपत्यकाका १३ र उपत्यका बाहिरका १५ गरी २८ सिनेमा घरमा गत शुक्रबारबाट प्रदर्शनमा आएको छ भने नायिका रेखा थापाको लगानीमा बनेको चलचित्र राबण पनि मुलुकका ४८ सिनेमा हलहरु लागेका छन्। तर बितरकहरु दुबै सिनेमाको ब्यापारबाट सन्तुष्ट छैनन्। 
पश्चिमाञ्चलका सिनेमा घरहरुमा रावण प्रदर्शनको जिम्मा लिएका नरेन्द्र महर्जन रावणको ब्यापार बैशाख १ र २ गते मात्रै राम्रो भएको बताउ145छन्। यसअघि लुटको समेत प्रदर्शन गर्ने जिम्मा लिएका बितरक महर्जन भन्छन्, रावणको ब्यापार सन्तोषजनक छैन। 
मृगतृष्णाका बितरक मनोज राठीको भनाइ पनि महर्जनको जस्तै छ। भन्छन्, मिडियाहरुमा आए जसरी मृगतृष्णले ब्यापार गरेको छैन। सिनेमा राम्रो बनेको छ, फिल्म चल्नेमा आशाबादी छौं। मृगतृष्णा प्रेमकथामा आधारित छ भने रेखा थापाको शीर्ष भूमिका रहेको रावण नारीप्रधान बिषयबस्तुमा केन्द्रित छ। 
मोफसलको प्रदर्शन सकेर शुक्रबारबाटै उपत्यकाका हलहरुमा लागेको अर्जुनदेव ब्यापारको दृष्टिले दुबै सिनेमा भन्दा निकै पछाडि रहेको बितरकहरुले बताएका छन्। यी तिनै सिनेमाको असफलता सिनेमामा सग्ंलग्न हस्तीहरुका लागि लज्जास्पद बनेको छ।  

No comments:

Post a Comment