काठमाडौं
कर्मचारीको सरुवामा हस्तक्षेप गरेको तथा केही अमिल्दो बोलेको आरोपमा मन्त्रीको सरुवा र बर्खास्तगीसमेत भइरहेका बेला भूमिसुधार तथा व्यवस्थामन्त्री भीमप्रसाद गौतमले भने सुटुक्क करोडौ रुपैया आम्दानी हुनेगरी अवैध काम गराउन भ्याएका छन् । भूमिसुधार ऐन ०२१ बमोजिम तराईमा प्रतिपरिवार २८ बिघा
जमिन राख्न पाइने भए पनि गौतमले प्रतिव्यक्ति ५६ देखि सयौ“ बिघा जमिन एकै परिवारको नाममा राखिदिने व्यवस्था मिलाएका हुन् । यस कार्यका लागि उपयुक्त पात्र खोज्ने क्रममा मन्त्रीको टोलीले उपसचिव प्रकाश श्रेष्ठलाई प्रयोग गरेको हो ।दुई वर्षसम्म बारा जिल्ला भूमिसुधार कार्यालय प्रमुख भएका श्रेष्ठको निजामती सेवा नियमावलीबमोजिम केही महिनापहिले सिरहामा सरुवा भएको थियो । उनको सरुवापछि बारामा उपसचिव राजराजेश्वर त्रिवेदी कार्यालय प्रमुख भएर गए । त्यति नै बेला बारामै साबिक गम्भीरा साहको परिवारको हदभन्दा बढी जग्गालाई उनीहरूकै परिवारका नाममा राख्नुपर्ने काम भूमिसुधार कार्यालय बारामा आयो । त्यही कार्यरत नायब सुब्बाहरू बाबु खा र राज मोहम्मद मन्सुरले सयौ“ बिघा जग्गाको कामबाट करोडौ“ आम्दानी हुनसक्ने कुरा मन्त्रालयसम्म पु¥याए । गम्भीराको नाममा रहेको सयौ बिघा जग्गा परिवारका नाममा अवैध रूपले राखिदिए करोडौ“ हात पर्ने प्रस्ताव आएपछि सो काम गर्न उपयुक्त पात्रको खोजी सुरु भएको स्रोतले उल्लेख गरेको छ । यस क्रममा बाराकै असर्फी साहको हदभन्दा बढी जग्गालाई लुकाएर यससम्बन्धी काम गरिसकेकाले प्रकाशले यो काम पनि फत्ते गर्नसक्ने कुरा पत्ता लाग्यो । त्यसपछि सिमरा गइसकेका श्रेष्ठलाई तत्काल तीन महिनाका लागि काजमा बारा ल्याइयो । जनआस्थालाई प्राप्त समाचारअनुसार उनले गम्भीरा साहको नामको हदभन्दा बढी जम्मा ६ सय बिघा जमिन एकै परिवारका विभिन्न व्यक्तिका नाममा दर्ता गरिदिने व्यवस्था मिलाए । अहिले मन्त्रीको अप्रत्यक्ष संलग्नतामा गम्भीरा साहको परिवारमध्ये दिलीप साह, दीनानाथ साह, हृदयनारायण साह, राजेन्द्र साह, जोखनीदेवी साहसमेतका नाममा हदभन्दा बढी जग्गा दर्ता गर्ने काम सकिएको छ । ऐनबमोजिम सरकारका नाममा आउनुपर्ने सयौ“ बिघा जमिन नापजा“च र ट्रायल चेक गरी लुकाएर व्यक्तिका नाममा गरेबापतको करोडौ“ रकमसमेत काम गर्नेहरूले बुझिसकेको मन्त्रालय स्रोतले उल्लेख गरेको छ । प्रतिपरिवार २८ बिघा जग्गा एक परिवारका नाममा राख्न पाउने ऐनको प्रावधान भए पनि प्रकाशको टोलीले प्रतिव्यक्ति सयभन्दा बढी बिघा जमिन राखिदिएको छ । नापनक्सा गर्दा लालपुर्जामा भएको क्षेत्रफल घटाई बढी जग्गालाई कम देखाइएको एक उच्चाधिकारीले बताए । यसरी कागजी रूपमा कम जग्गा देखाई पुर्जा बनाउने क्रममा राजेन्द्र र जोखनीको नाममा मात्र ५६÷५६ बिघा राखिएको छ । यो काम सफलतापूर्वक सिध्याएर प्रकाश सिरहामा काज फिर्ता गइसकेका छन् । मन्त्रीसमेतको संलग्नतामा गरिएको अवैध कामको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने भयले काम गराउने टोलीले अर्को चलाखी भ्याइसकेको छ ।टोलीको निर्णयबमोजिम यी सबै कामका फाइल र प्रमाणपत्र मालपोत, नापी र भूमिसुधार कार्यालय कतै नरहनेगरी पुनरावेदन अदालत हेटौंडामा पु¥याइएको छ । परिवारकै तर्फबाट पुनरावेदनमा उजुरी हाल्न लगाएर सबै फाइल बुझाइएको हो । अवैध कामबारे अख्तियारमा उजुरी पर्ने र तत्काल कागतपत्र मगाएर आयोगले रद्द गर्न निदेशन दिने भयले उनीहरूले आयोगको मुखमा ताल्चा लगाउन अदालतमा प्रायोजित उजुरी हाली परिपक्व काम गरेको बताइएको छ ।
No comments:
Post a Comment