काठमाडौं
चिलिमे जलविद्युत् आयोजनाले सिन्धुपाल्चोकको चाकुमा निर्माण गर्न लागेको १०२ मेघावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजना विवादका कारण अन्योलमा परेको छ । राजनीतिक दलका ‘को’ हावी हुने भन्ने विवादले आयोजना सञ्चालनमा समस्या भएको हो ।कांग्रेस जिल्ला सभापति एवं पूर्वस्वास्थ्य राज्यमन्त्री मोहनबहादुर बस्नेतको दादागिरीले
कार्यसञ्चालन गर्न कठिन भएको बताउ“छन्, जानकारहरू । आयोजनाकै विषयमा दलबीच धेरैपटक हानाहान पनि भइसकेको छ । दुई साताअघि आयोजनाबारे सर्वसाधारणलाई जानकारी दिन आयोजित ‘पब्लिक हियरिङ’ कार्यक्रममा कांग्रेस कार्यकर्ताले वितण्डा मच्चाएपछि कार्यक्रम नै स्थगित भएको थियो । बस्नेतले प्रभावित क्षेत्रका जनतालाई ठेक्का र जागिर मिलाइदिने भन्दै कांग्रेसमा प्रवेश गराएको तर अन्य राजनीतिक दलले स्वार्थ पूरा गर्न नदिएपछि उनी नांगो रूपमा प्रस्तुत भएको स्थानीय निमफन्जो शेर्पाले बताए । आयोजना प्रभावित गाती गाउ“ विकास समितिका सुप्पा श्रेष्ठले कांग्रेस सभापति बस्नेत नियोजित रूपमा आयोजना भत्काउन सक्रियतापूर्वक लागेकोे बताएका छन् । माओवादी नेता माधव सापकोटाको पनि कांगे्रसकै कारण आयोजना भा“डिन लागेको आरोप छ ।
प्रभावित क्षेत्रका स्थानीय मानबहादुर तामाङ भने स्थानीयलाई उपेक्षा गर्दै अघि बढेकाले आफूहरूलाई आयोजना नचाहिने बताउ“छन् । ‘हाम्रो घरमुन्तिरको नदी सुरुङभित्र छिर्दै छ तर आयोजनाले हामीलाई उपेक्षा गर्दै छ, त्यसैले हामीलाई यस्तो आयोजना चाहि“दैन,’ तामाङले भने । तर, कांग्रेस सभापति बस्नेतले आयोजनाले स्थानीयलाई पेलेर अघि बढ्ने नीति अघि सारेकाले समस्या भएको बताए । एमाले जिल्ला अध्यक्ष हस्त पण्डित आयोजना सुरु नह“ुदै भएको विवादले आयोजना फिर्ता भएमा यसको जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताउ“छन् । निमफुन्जो शेर्पाले आयोजनाले प्रभावित गाविसका स्थानीयले राखेका सबै माग पूरा गर्ने सहमति भए पनि कसैको उक्साहटमा आयोजनाको विरोध गर्नु दुर्भाग्य भएको बताए । आयोजनामा कर्मचारी राख्दा प्रभावित गाविसकालाई राख्ने सहमति भए पनि कांगे्रस सभापति बस्नेतले अन्य गाविसकालाई रोजगार दिन दबाब दिएपछि समस्या सुरु भएको उनको दाबी छ ।
बस्नेतले आफूलाई आयोजनाले एक करोडको सेयर दिएको र कांग्रेसमा प्रवेश गरे १÷१ लाखको सेयर दिने बताउ“दै हि“डेकाले समस्या सुरु भएको माओवादी नेता सापकोटाको आरोप छ । ‘आयोजनामा कांग्रेसले बढी नै हस्तक्षेप गर्न खोजेको छ,’ उनले भने । कांग्रेस नेता हरिशरण श्रेष्ठको भने आफूहरूले आयोजनालाई सहयोग नै गरेको दाबी छ । माओवादीको सिन्धुपाल्चोक हाइड्रोपावर, एमालेको अरनिको हाइड्रोपावर र कांग्रेसको सिन्धुपाल्चोक इन्भेस्टमेन्ट कम्पनीलाई एक÷एक प्रतिशत सेयर दिएर राजनीतिक दलको मुखमा बुजो लगाउने प्रयास आयोजनाले गरेको छ । आयोजना प्रभावित गाती मार्मिङ, मानेश्वाराका अधिकांश स्थानीयले जलविद्युत् आयोजनाले आफूहरूलाई पूरै बेवास्ता गरेको आरोप लगाइरहेका छन् । स्थानीय शंकर कार्की भन्छन्, ‘मध्यभोटेकोसी जलविद्युत् आयोजनाले दलहरूले जे भन्यो त्यही मात्र गरेको छ, प्रभावित क्षेत्रका हामीलाई वास्तै गरेन ।’
आयोजनाको पर्यटन व्यवसायीले पनि विरोध गरेका छन् । भोटेकोसी विश्वको १० उत्कृष्ट नदीमा पर्ने भएकाले नदीको पानी सुरुङमा छिराउन नहुने भन्दै पर्यटन व्यवसायी आन्दोलनमा समेत उत्रिएका छन् । ‘यो ¥याºिटङ र क्याकिङका लागि उत्कृष्ट नदी हो यसमा जलविद्युत्भन्दा पर्यटन व्यवसायलाई बढी महŒव दिनुपर्छ,’ मेघ आले भन्छन्, ‘हामीले जलविद्युत् आयोजनाको विरोध गरेका होइना“ै तर प्रस्तावित विद्युत्गृहभन्दा माथि बनाउ“दा ७५ मेघावाट विद्युत् उत्पादन हुन्छ, त्यसो भएमा पर्यटन र आयोजना दुवैलाई फाइदा हुन्छ ।’

सन् २०१३ मा निर्माण सुरु भई २०१६ मा सम्पन्न गर्ने लक्ष्य छ । आयोजना र कर्मचारी सञ्चयकोषबीच यसअघि नै ऋण सम्झौतासमेत भइसकेको छ । १२ अर्ब २८ करोड कुल लागत रहेको आयोजनामा चाकु खोला र भोटेकोसीको संगमबाट ३७ मिटर लम्बाइ र ९ मिटर उचाइको बा“धमार्फत पानी सुरुङमा हाल्ने आयोजना प्रमुख प्रकाशमान श्रेष्ठले जानकारी दिए । ८ किलोमिटर सुरुङबाट गाती गाविसको जम्बुमा पावरहाउस निर्माण गर्ने लक्ष्य छ ।
No comments:
Post a Comment