काठमाडौं । कोही मान्छे केवल आºनो महवाकांक्षा वा मनोवृत्तिले मात्र अपराधी बन्दैन । असंख्य आपराधिक घटनामा संलग्न भई हाल प्रहरीद्वारा अत्यधिक खोजिएका ‘रमेश बाहुन’ भनिने सुजन पौडेल ‘अपराधी’ बन्नुका पछाडि अर्काकी स्वास्नी खोसेर लैजानु मुख्य कारण रहेछ ।
उनी नेपाली सेनाको रेन्जर
गणका भगौडा हुन् । तर, त्यहा“बाट भाग्नुको कारण पैसाको मोह मात्र नभएर त्यही“का एकजना हाकिमकी श्रीमतीस“ग नजिकिनु मुख्य कारण भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हाकिमकी ती श्रीमती खोस्ने क्रममा रमेश बाहुनले सम्पत्ति पनि साथै लिएर गएका थिए । ती महिलाको नाम हो, कमला । उनकै बिलासिताका लागि रमेश बाहुन पैसा कमाउ“छन् र त्यसका लागि अपराध गर्छन् भन्ने पनि प्रहरीले अनुसन्धान गर्दा पत्ता लगाएको छ । उनी कुन सैनिक अधिकृतकी पत्नी हुन् भन्नेचाहिँ प्रहरीले हालसम्म खोलेको छैन । अहिले नेपाल टेलिकमको आठवटा प्रिपेड र एउटा स्काई फोनको सिम बोक्ने उनलाई प्रहरीले अनेक प्रयास गर्दा पनि भेट्न सकिरहेको छैन । बरु, प्रहरीले उनकी श्रीमतीलाई पत्ता लगायो, तर उनीचाहि“ कोही सैनिक अधिकृतकी पूर्वपत्नी रहिछन् । काठमाडौंभित्र रमेश भागेर बस्ने ठाउ अनेकौ छन् ।
गणका भगौडा हुन् । तर, त्यहा“बाट भाग्नुको कारण पैसाको मोह मात्र नभएर त्यही“का एकजना हाकिमकी श्रीमतीस“ग नजिकिनु मुख्य कारण भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हाकिमकी ती श्रीमती खोस्ने क्रममा रमेश बाहुनले सम्पत्ति पनि साथै लिएर गएका थिए । ती महिलाको नाम हो, कमला । उनकै बिलासिताका लागि रमेश बाहुन पैसा कमाउ“छन् र त्यसका लागि अपराध गर्छन् भन्ने पनि प्रहरीले अनुसन्धान गर्दा पत्ता लगाएको छ । उनी कुन सैनिक अधिकृतकी पत्नी हुन् भन्नेचाहिँ प्रहरीले हालसम्म खोलेको छैन । अहिले नेपाल टेलिकमको आठवटा प्रिपेड र एउटा स्काई फोनको सिम बोक्ने उनलाई प्रहरीले अनेक प्रयास गर्दा पनि भेट्न सकिरहेको छैन । बरु, प्रहरीले उनकी श्रीमतीलाई पत्ता लगायो, तर उनीचाहि“ कोही सैनिक अधिकृतकी पूर्वपत्नी रहिछन् । काठमाडौंभित्र रमेश भागेर बस्ने ठाउ अनेकौ छन् ।
तर, ती ठाउ“बारे स्वयं कमला पनि जानकार छैनन् । नेपाल टेलिकमले मोबाइलको सिमकार्ड दि“दा सर्वसाधारणलाई नागरिकताको सक्कल–नक्कल दुवै प्रति खोज्छ र मोबाइल चलाउने व्यक्ति आफै“ उपस्थित हुनुपर्ने नियम बनाएको छ । तर, रमेश बाहुनले अहिलेसम्म जति पनि सिम चलाएका छन्, ती कतै पनि दर्ता छैनन् । यस्तो भएपछि टेलिकमले प्रहरीलाई उनको कल डिटेल्स त दि“दोरहेछ तर त्यसका प्रयोगकर्ताबारे केही बताउन सक्दैन । अनुहार चिनिएला भनेर उनले अहिले प्लास्टिक सर्जरी गरेका छन् । बरु, प्रहरीले पत्ता लगाएको छ कि भक्तपुरको गठ्ठाघर बस्ने केशर पौडेल र पत्रकार महासंघका केन्द्रीय सदस्य मात्रिका पौडेल रमेश बाहुनका काका हुन् । त्यसमध्ये केशरस“ग बाक्लो सम्पर्क छ । उनका भाइ विनोद पौडेल (९७४४०२५४४१) सिंहदरबार गणमा कार्यरत सैनिक हुन् । गणेश लामाको लहलहैमा लागेर विजय गच्छेदारले ज्यान मार्न लाग्यो भन्दै केही दिन पहिले उनले मात्रिकास“ग बिलौना पोखेका थिए । र, उनैमार्फत न्युज २४ मा अन्तर्वार्ता दिए । प्रहरीले पत्नी कमलास“ग सोध्यो । कमलालाई बाहुनले चाहिएका बेला नया–नया ठाउमा लैजाने र बिहान पुरानै वासस्थान पठाउनेसम्मको जानकारी दिइन् ।
यस्तो छ कथा
रामेछाप, दुरागाउ“–७ का शंकर पौडेलका छोरा सुजन (बाहुन) पहिले लोकन्थलीतिर ठूलो सगुन समूहमा थिए । कुरा नमिलेपछि त्यहा“बाट अलग्गिए । अलग भएपछि ठूलो सगुनस“ग बाहुनको झगडा प¥यो । सगुनले बियरको बोत्तलले उनलाई आक्रमण गर्दा बाया“पट्टिको गालामा चोट लाग्यो । चोट लुकाउनका लागि पनि उनले अनुहारमा प्लास्टिक सर्जरी गरेका हुन् । उनी ठेकेदारहरूस“ग रकम असुलीमा सक्रिय छन् । भक्तपुरका अनिल हेक्का, सगुन, दीपक थापाहरूस“ग बाक्लो सम्बन्ध थियो । बानेश्वर प्रहरी वृत्तस“गैको खोलाकिनारबाट केही अगाडि रहेको वर्कसपका हिमाल श्रेष्ठ बाहुनका विश्वासपात्र भएको प्रहरीले पत्ता लगाएको छ । ठुल्ठूला मानिसका गाडीको सर्भिसिङ र पार्टपुर्जाका काम हुने सो वर्कसपमा ती पैसावाल आउने÷जाने क्रममा हिमालले तिनको आर्थिक हैसियतबारे जानकारी लिने गरेका छन् । उनका अर्का विश्वासपात्र नारायण श्रेष्ठ हुन् । उनी पहिला ठमेलमा रेस्टुरेन्ट चलाउथे । त्यसबेला उनको रेस्टुरेन्टकै माथिको स्नुकरबाट गणेश लामाहरू पेस्तोलसहित पक्राउ परेका थिए । त्यही घटनापछि नारायण सेक्युरिटी गार्डका रूपमा इराक गए । इराकबाट फर्किएपछि रमेश बाहुनसगको साझेदारीमा केही ठेक्कापट्टाको काममा लागे । अहिले उनले रामेछापमा सामुदायिक अस्पताल चलाएका छन् र वाइसिएलसम्बद्ध छन् । चक्रे मिलनका भाइ तेजेन्द्रस“ग नजिक रहेका बाहुनको गणेश लामासग ठमेल घटनादेखि नै सम्बन्ध बिग्रदै आएको छ । सिन्धुलीका आकाश श्रेष्ठले गणेश र बाहुनबीच सम्बन्ध सुमधुर बनाउन कोसिस गरेका थिए ।
ताल–तालका सहयोगी
बाहुनका सहयोगीहरू तालतालका छन् । त्यसमध्ये धने भन्ने ढालबहादुर माझी पूर्वसैनिक जवान हुन् । घर मन्थली हो । त्यस्तै ‘सुमन’, ‘रत्ने’ भनिने इन्द्रबहादुर भुजेलचाहि बाहुनकै गाउका पूर्णबहादुर भुजेलका छोरा हुन् । ९८४९२५७६१५ नम्बरको मोबाइल चलाउने ‘टुप्पी’ भन्ने उनका अर्का विश्वासपात्र हुन् । धादिङ घर भई ९८०८९०६६४७ नम्बरको मोबाइल चलाउने च्याङ्बा लामा पनि उनका विश्वासपात्र हुन् । गोरखाका प्रवीण गुरुङले बाहुनस“ग मिलेर काम गर्ने प्रहरीले जनाएको छ । त्यसमध्ये इन्द्रबहादुरलाई हनुमानढोकाले ०६७ भदौ २७ गते जिल्ला भक्तपुर श्यामाश्याम धामनजिकको पुलमा चेकिङमा रहेको प्रहरी टोलीमाथि पेस्तोल ताकेको अभियोगमा हातहतियार खरखजाना मुद्दा चलाएको थियो ।
अर्का हुन्, महेन्द्र थापा । उनी जग्गाको काम गर्छन् । ‘तेरेनाम’ भनेर चिनिने कमल लामा पनि बाहुनका खास सहयोगी भएको प्रहरीको दाबी छ । उनी पहिला टी. मिलनका दाहिने हात थिए । तर, बानेश्वरमा महेन्द्र खड्काको हत्यापछि मिलन फरार भए, अनि ‘तेरेनाम’ बाहुनतिर लागे । अर्का हुन्, अनिल लामा । नुवाकोटका उनी एउटा ठेक्कामा गोली पड्काएको केसमा हाल फरार छन् । बुद्घ गुरुङ र देवेन्द्रकुमार घर्तीमगरचाहि“ सदरखोर डिल्लीबजारमा छन् । रमेश बाहुनमाथि लागेको हातहतियार तथा ज्यानमार्ने उद्योगका सबै दोष स्वीकार गरी उनीहरू जेलमा बसेका हुन् । हाल कपनमा बस्ने छिरिङ शेर्पा बाहुनका अर्का सहयोगी हुन् । यसबाहेक बाहुनस“ग कमान्डो तालिम गरेका सेनाका अन्य नौजना भगौडा रहेको प्रहरीले जनाएको छ ।
अनेकन अपराध
पेप्सीकोलामा सनसिटी हाउजिङका मालिक भेषराज लोहनीमाथि सांघातिक आक्रमण र बाग्मती हाउजिङका प्रोप्राइटरको अफिस तोडफोड गरेको अभियोग बाहुनमाथि छ । त्यसबारेको निवेदन ठिमी प्रहरी वृत्तमा छ । त्यसमा तेरेनाम भनिने कमल रानामगरसहित रमेश बाहुन र प्रदीप खत्रीको नाममा किटानी जाहेरी परेको छ । त्यसमध्ये प्रदीप निर्दोष सावित भएका छन् । कालीमाटीस्थित समझदारीमार्गमा जगेन्द्र नकर्मीको घरमा डेरा गरी बस्ने सर्लाही, बंवार–४ का रामविनय सिंह र विनोद चौधरीको डेराबाट बरामद भएको दुई थान प्लास्टिक ग्रिनेड, दुई थान धातुको केप, मेड इन युएसए लेखिएको एक रिभल्बर, दुईवटा कालो र खैरो ग्रिप भएको पेस्तोल पनि बाहुनले मगाएको बयान पक्राउ पर्नेले दिएका छन् । ठिमीस्थित श्यामाश्याम धामछेउको पुलमा प्रहरीको छड्के चेकजा“चका क्रममा रमेश बाहुनसहितको समूहले चेकिङमा बसेका प्रहरीलाई पेस्तोल तोकेको अभियोग पनि उनीमाथि छ ।
No comments:
Post a Comment