Tuesday, 17 April 2012

भगौडा नम्बर १७,५७५

काठमाडौं
 सेना समायोजन भोलि ३० गतेभित्र भइसक्ने भनेर राजनीतिक तहबाट हौवा पिटाइएपछि त्यसको तयारीमा लाग्नुपर्ने जंगी अड्डामा शुक्रबार बसेको नीति निर्माता (पिएसओज) को बैठक भने नयाँ वर्ष २०६९ वैशाख १ गते आयोजना गरिने रात्रिभोजमा
के के खाना ख्वाउने भनेर मेनुको तयारीमा केन्दि्रत भयो ।
सैनिक मुख्यालय र उपत्यकाभित्रका विभिन्न अखडामा कार्यरत लगभग सात सय अधिकृतका लागि विशेष त्यसदिन रमझमयुक्त पार्टीको व्यवस्था गरिँदै छ । सो पार्टीमा अधिकृतहरूले दाल, भात, तरकारी, अचारका अतिरिक्त दुई थरी मासु र रक्सीको साथमा रम्न पाउनेछन् । अनन्त थेवे राष्ट्रिय सुरक्षा परिषदको सहसंयोजक हुँदा उनले राजाको जन्मोत्सवमा केक काट्ने गरी आयोजना हुने यस्ता पार्टीले फजुल खर्च बढाउने हुँदा रद्द गर्न प्रस्ताव राखेपछि केही वर्ष रोकिएको थियो ।
सेनाको माथिल्लो तहमा रहेकाले मात्र बेला मौका रमझम गर्न पाउने तर तल्ला तहकाले भन सँधै एकैनासको जीवन जिउनु पर्ने अवस्थाकै कारणले होला सेनाको जागिर छाडेर भाग्नेहरूको संख्या पनि बढ्दो छ । द्वन्द्वकालदेखि अहिलेसम्म भाग्नेहरूको संख्या १७,५७५ जना पुगेको छ । वि.सं. २०६५ सम्म यो संख्या १६ हजार मात्र थियो ।
उता, भारतीय सेना प्रमुख जनरल भिके सिंहलाई देखाउन एन्टी हाइज्याकिङ डेमोन्स्ट्रेसनको तयारी गर्ने क्रममा सेनाका पाइलट रविन्द्र बस्नेतले उडाएको एलुवेट हेलिकोप्टरबाट समय नहुँदै झारिएका कमाण्डोहरू श्री एयरको हेलिकोप्टरको ब्लेडमा ठोक्किएपछि मरणासन्न अवस्थामा छाउनी अस्पतालमा उचपार गराइरहेका छन् । यसरी भएको दुर्घटनामा घाइते हुनेमा युद्ध भैरव गणका जमदार धर्मेन्द्र भट्ट, हुद्धा अमर श्रेष्ठ, योगेश्वर माझी र धीरेन्द्र लिम्बू छन् । जसमध्ये धीरेन्द्रको ढाड भाँचिएको छ भने योगेश्वरको हड्डी फुटेको छ ।
मार्च २९ तारिखका दिनको तीन बजे यो दुर्घटना भएको थियो । अभ्यासका क्रममा भएको उक्त दुखद घटनाका कारण एलुवेटले गर्ने काम एमआई १७ बाट गरियो तर आˆनो गल्तीले सिपाहीहरूको ज्यान नै जानेसम्मको घटना हुँदासम्म पाइलट बस्नेतलाई भने कुनै वास्ता छैन । त्यसो त त्यस्तो गर्नै नहुने खालको गल्ती गर्ने रवीन्द्र बस्नेतलाई कारबाही गर्न जड्गी अड्डासमेत तातेको देखिँदैन ।

No comments:

Post a Comment