काठमाडौं,
प्रचण्ड र वैद्य पक्षका कार्यकर्ताबीच जिल्ला जिल्लामा भिडन्त र बोलचाल बन्द भएका बेला माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वैद्यका भेटघाटमा कस्ता गफ हुँदा हुन् । सबैको निम्ति चाखलाग्दो विषय हुनसक्छ ।
नववर्ष २०६९ को पहिलो दिन विहानै संस्थापन र विद्रोही नेताबीच भएको कुराकानी यस्तो थियो !किरणः लौ कमरेड प्रष्ट पार्नुस् त अब माओवादी पार्टीलाई किन छुट्टै राख्ने ? यसलाई एमालेसँग किन नमिलाउने ? दुई पार्टीबीच के फरक छ ? प्रचण्ड ः हैन, हामी फरक नै हौं नि, कमरेड ! हामीले उठाएका धर्मनिरपक्षेता, समावेशी, गणतन्त्रजस्ता मुद्दाहरुमा पो एमाले आएको हो । किरणः ए त्यसो भए त झन् कुरो मिलिहाल्यो नि !जसको एजेण्डामा जो गए पनि आखिर पुगिने त एकै ठाउँ हो । सबै कुरा एमालेसँग मिल्यो, नाम पनि त दुइटैको कम्युनिष्ट पार्टी नै छ । किन अलग्गै नाङ्लो पसल थापेर बस्ने, ल भन्नुस् त ! मोहन वैद्य (किरण) को यो प्रश्नको जवाफमा पुष्पकमल दाहाल प्रचण्डले के भने त्योचाहिँ उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले टिप्न भ्याएनन् ।

No comments:
Post a Comment