Wednesday, 18 April 2012

धर्मका निम्ति गोप्य भेला धमाधम

काठमाडौं,,
 राजतन्त्र उन्मूलन भएको चार वर्ष बितिसकेको छ । तर, नया“ संविधान घोषणा नहुन्जेलसम्म पूर्वराजा ज्ञानेन्द्र शाह र समर्थकहरु राजतन्त्र सकिएको मान्न तयार छैनन् । चैत दोस्रो सातादेखि ‘प्रजातान्त्रिक मोर्चा’ का नाममा केही चर्चित बुद्धिजीवीले गोप्य भेला थालेको जानकारी
प्राप्त भएको छ । यस्तो भेलामा सिधै राजालाई शासनमा फर्काउनुपर्छ भन्ने कुरा नगरी सनातन धर्मको रक्षार्थ अघि बढ्नुपर्ने अवधारणामा छलफल हुने गरेको सूत्रहरूले बताएका छन् ।चर्चित कानुन व्यवसायी कुमार रेग्मी (हालका रक्षासचिव माधव रेग्मीका सहोदर भाइ), वास्तुविद् डा. वासुदेवकृष्ण शास्त्रीलगायत त्यस्ता भेलामा सहभागी हुने गरेका छन् । पहिलो भेलामा नौबु“दे कार्ययोजना पेस गरिएको थियो । भोजनगृह डिल्लीबजारको सभाकक्षबाट थालिएको यो अभियानमा सुरुकै दिनमा कुरा मिल्न सकेन । एक मधेस एक प्रदेशको चर्को विरोधी मधेसी जनाधिकार फोरमका पूर्व उपाध्यक्ष किशोरकुमार विश्वासले असहमति जनाए । सूत्रका अनुसार राष्ट्रियता र अखण्डताका लागि अभियान चलाउनुपर्नेलगायत कुरा उल्लेख भएको कार्ययोजनामा विश्वासले असहमति पोखेका हुन् ।
भेलामा छुट्टै कार्यालय स्थापना गरी अभियान चलाउने र त्यसको आर्थिक व्ययभार भोजनगृहका मालिक भरत बस्नेतले व्यहोर्ने सल्लाह भएको बताइएको छ । कार्ययोजनामा उत्तर–दक्षिण छुने गरी तीन वटाभन्दा बढी प्रदेश निर्माण गर्नु नहुने, धर्मनिरपेक्ष राज्य बनाउनु नहुने र सनातन धर्मको रक्षा गर्नुपर्ने, केही विदेशी निकायले सनातन धर्मविरुद्ध काम गरिरहेकाले तिनलाई नियन्त्रण गर्नुपर्नेजस्ता छलफल हुने गरेका छन् । बौद्धिक जमात भएकाले विभिन्न दैनिक तथा साप्ताहिक पत्रपत्रिकामा लेख–रचना प्रकाशन गरेर सनातन धर्म र संस्कृतिको रक्षाका पक्षमा आवाज उठाउने योजना समूहले बनाएको छ ।

No comments:

Post a Comment