भक्तपुर,
वैशाख ६ - एसएलसीको नक्कली मार्कसिट बनाउन माओवादी नेता कार्यकर्ता संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । मार्कसिट किनबेचमा संलग्न आठ जनालाई प्रहरी पक्राउ गरेको छ । त्यसमा दुई जना भक्तपुर माओबादी जिल्ला सदस्य रहेका छन । कालिकोट खोप्सा -५ घर भएका कुसल बोगटी र भक्तपुर कटुन्जे-६ का धुर्व अधिकारी छन । खोटाङ ज्यामिरे १ का सुरेन्द्र बिकको नक्कली
मार्कसिट कारोबारमा माओबादी नेता सहित विद्यालयका पि्रन्सिपसल समेत संलग्न देखिएको छ ।
मार्कसिट कारोबारमा माओबादी नेता सहित विद्यालयका पि्रन्सिपसल समेत संलग्न देखिएको छ ।
माओबादी स्रोतका अनुसार बोगटी अखिल नेपाल जनसास्कृति महासंघका जिल्ला अध्यक्ष हुन भने अधिकारी सदस्य हुन । त्यस्तै मार्कसिट कारोबारमा पक्राउ पर्नेमा जोरपाटी स्थित जोसेफ इन्टर नेशनल एकाडेमीका पि्रन्सिपल अमर तिमल्सिना पनि छन । काभ्रे साल्मेचाखाल ४ घर भएका ३६ बषिर्य तिमिल्सिनाले प्रहरीलाई आफू उक्त विद्यालयको प्रध्यानाध्यापक रहेको बयान दिएका छन ।
प्रहरीले खोटाङ दुबिकोट १ घर भएका ३० बषिर्य हिरालाल बि.क, काभ्रे अनेकोट ८ का २२ बषिर्य बिजय लामा, खोटाङ ज्यामिरे १ का सुरेन्द्र बि.क, दोलखा बाबरे ९ का १९ बषिर्य राज पाण्डे, बाबरेकै १९ बषिर्य रोहित सोडारीलाई पनि पक्राउ गरेको छ । सोडारी र पाण्डे प्लटु पढने विद्यार्थी हुन ।
खोटाङ घर भएका सुरेन्द्र बिकले राजधानीको विद्या सदनमा अध्ययनको क्रममा थर परिवर्त गराएर भुजेल बनाएका थिए । एसएलसीको मार्कसिटमा पनि भुजेल नै भए । उनी नागरिकता बनाउन खोटाङ गए । बिकलाई भुजेल थरको नागरिकता दिन प्रशासनले इन्कार गरे । त्यसपछि उनी मार्कसिटमा थर सच्याउन पुनः परिक्षा नियन्त्रण कार्यालयमा आए । तर, पनिकाले मानने । सुरेन्द्रले राजधानीमा बसेर पढन कोठा खोज्दा कतैपनि कोठा नपाएपछि थर परिवर्तन गरेको प्रहरीलाई बयान दिएका छन । उनले प्रहरीलाई दिएकेा बयानमा भनेका छन-'कोठा नपाएपछि थर परिवर्तन गरेर भुजेल राखेको हो ।' नागरिकता बनाउन एक पछि अर्कोलाई भनेर नक्कली सर्टिफिकेट निकालेको अनुसन्धानबाट भेटिएको प्रहरीले जनाएको छ ।
'पनिकाले थर परिवर्तन नगरेपछि उनले मामा नाता पर्ने हिरालबिकलाई गुहारेछ । उनले बिजय लामा भन्यो । बिजयले कुसल बोगटीलाई भन्यो । बोगटीले धुब्र अधिकारीलाई भन्यो । धुब्रले राज पाण्डे र रोहित सोडारीलाई भनेछ,' घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले कान्तिपुरसित भने,'रोहित र सोडारीले पि्रन्सिपल तिमिल्सिनालाई भनेर मार्कसिट बनाउन लगाएको पाइयो ।' तिमल्सिना पछि अरु पनि घटनामा संलग्न हुन सक्ने प्रहरीको अनुमान छ ।
चैत २२ गते प्राभिजनल सर्टिफिकेट बनाउन परिक्षा नियन्त्रण कार्यालय सानोठिमी जादा सुरेन्द्र भुजेलको सिम्बल नम्बर ०३१८११९ 'आई'मा सुरेन्द्र बिक पाएपछि उनलाई कारबाहीको लागि भक्तपुर प्रहरीलाई बुझाएको थियो । 'अनुसन्धानको क्रममा एक पछि अर्को गर्दै आठ जना पक्राउ गर्न सफल भएको हो,' भक्तपुरका प्रहरी नायब उपरिक्षक पुस्कर केसीले भने,'अनुसन्धान जारी छ ।' उनीहरुलाई सरकारी छाप दस्तखत किर्ते मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको उनले बताए ।
त्यस्तै ललितपुर प्रहरीले नक्कली लाइसेन्स बनाउने दोबहादुर पुलामीलाई नियन्त्रणमा लिएको छ । उनको साथबाट पवन शम्शेर राणा र संजय शाहीको नामको नक्कली लाइसेन्स बरामद भएको प्रहरीले जनाएको छ ।
(साभार -कान्तिपुर)
No comments:
Post a Comment