Tuesday, 17 April 2012

संविधानका लागि नयाँ सुरक्षा रणनीति


काठमाडौ, 
वैशाख ५ - संविधान जारी गर्ने समय वरपर विभिन्न गतिविधिबाट शान्ति सुव्यवस्थामा आउनसक्ने चुनौतीलाई सामना गर्न नयाँ सुरक्षा रणनीति तय गरिएको छ ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयद्वारा मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सो सुरक्षा रणनीति तीन चरणमा
कार्यान्वयन गरिने बताइएको छ ।
प्रत्येक १५/१५ दिनमा नयाँ सुरक्षा रणनीतिको कार्यान्वयनको  समीक्षा र विश्लेषण गरी थप प्रभावकारी तुल्याइने आयुक्त कार्यालयका प्रवक्ता रविराज श्रेष्ठले बताए । 
सुरक्षा रणनीतिअन्तर्गत  काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा प्रत्येक दिन चार हजार ६७७ जना सुरक्षाकर्मी परिचालन गरिने उनले जानकारी दिए । 
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सुरक्षाका अन्य निकायबीच समन्वयात्मकरुपमा सुरक्षाकर्मी परिचालन गरी आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन यही वैशाख १ देखि १५ गतेसम्म पहिलो चरणको रणनीति सञ्चालन गरिरहेको बताइएको छ ।
खासगरी संविधान जारी गर्ने समयमा सविधानसभा भवन वरपरको सुरक्षा चुनौतीलाई दृष्टिगत गरी भवन वरपर तीन वटा घेराको सुरक्षा प्रबन्ध गर्न लागिएको सो अवसरमा जानकारी दिइयो ।
यस अवधिमा उपत्यका प्रवेश गर्ने नाकामा सुरक्षा जाँच बढाइने, सहरका महत्वपूर्ण स्थलमा सुरक्षा तैनाथी बढाइने तथा शङ्कास्पद स्थानमा छापा मार्ने, सादा पोशाकमा सुरक्षाकर्मी खटाइने प्रवक्ता श्रेष्ठले बताए । 
प्रहरी प्रधान कार्यालयबाट समेत विशेष सुरक्षा दस्ता मगाउनुका साथै पैदलसुरक्षा गस्तीमार्फत होटललगायत सम्भावित अपराध हुने र अपराधी लुक्नसक्ने स्थलमा खोजतलास अभियान सञ्चालन गरिने महानगरीय आयुक्तको कार्यालयले जनाएको छ । –रासस

No comments:

Post a Comment