यो हल्लामा मान्छेहरू आफूलाई मिसाउँछन् र बिर्सन्छन्। फेरि पनि एक्लै हुनु त छँदैछ! यो उल्लासमय दुनियाँमा म किन रमाउन सक्दिनँ?
केही मिठो बात गर...गुन्गुनाएँ।
अर्कै केटी स्टेजमा कम्मर मर्काउँदै आइपुगी। केटाहरू चिच्याए। अर्धनग्न
केटी जो नाचेकी छ। उसको नाच र देह हेरेर एकै छिन भए पनि मान्छेहरू भुलिरहेछन् आफूलाई। आफूलाई भुल्नु भनेको के सजिलो काम हो र! लाग्छ, उनीहरू महान काम गरिरहेका छन्।

भुल्ने कुरा सम्भि्कदा सुलोचनालाई सम्भि्कन्छु एक्कासि! 'लोग्नेमान्छेहरू अर्काको मासु लुछेर आफूलाई भुलाउँछन्' भन्थी। उसको आवाज सुनेझैं मान्छु! खै, कता छे ऊ? यताउता हेर्छु। छैन। मेरै भ्रम हो! उसको पनि त भ्रम हुन सक्छ। यति भनेर मलाई अशान्त बनाएर गएकी थिई, कहिल्यै फर्किन!
शान्ति कहाँ छ? भ्रममा कि अहंमा? चुरोटको अन्तिम सर्को तानेर यताउति हेर्छु। मान्छेहरूका आँखा यहाँ पनि मस्त देखिदैनन्! जबर्जस्त रक्सीमा आफैंलाई घोलेर पिउँछन् र स्टेजमा हेरेर चिच्याउँछन्! चिच्याउँदैमा कोही कसरी खुसी भएको मान्ने? म पनि स्टेजमै हेर्छु, नर्तकीको शरीर र नाचमा त्यस्तो विष्मयकारी आकर्षण देख्दिनँ। नभएर के भो त! मैले आकर्षक देख्नु र नदेख्नुले उसलाई केही असर पर्दैन! आखिर त्यो शरीरको भरोसामा ऊ कति दिन बाँच्ली? समयले एकदिन देह, रहर र अहं सबै सबैलाई बेकम्मा बनाइदिन्छ! जे होस्...
ऊ कता गई? के आज पनि अँध्यारो काठमाडौंमा एक्लै चक्कर लगाउँ? मेरो टेबुलमा छाया सर्कियो। ए, ऊ नै रैछे। मुस्कुराई, मायावी! मैले बस्न इसारा गरेँ। यसको शरीर र नाच दुवैले मलाई चाहिनेभन्दा बढी बेचैन बनाएको छ। केटाहरूले त्यसै भनेका होइनन्, 'त्योसँग सुतेपछि त स्वर्ग पुगिन्छ, स्वर्ग!'
म पनि त्यही स्वर्ग पुग्न चाहन्छु।
मलाई अब यहाँ संसारमा बस्न कुनै सोख छैन। म एक्लै सोचिरहेछु। ऊ भने उदास आँखाले अर्को टेबुलतिर हेरेकी छ। त्यहाँ, रक्सीले मातेको एउटा युवकले वेटरलाई भद्दा आक्रमण गर्यो झ्याम्मै ओठमा! केटी भुतुक्क भई, उसको शरीर धरमरायो। रिसले हो कि लाजले कुन्नि, अनुहार बिगारी। एकैछिनमा केटीले नै युवकलाई समाल्दै कतै लगी। मेरो टेबुलमा चुपचाप बसेकी ऊ फिस्स हाँसी र भनी, 'जिन्दगीको माया लागेपछि यसलाई बेचेर पनि बाँच्नुपर्छ।' म चिसिएँ। मन त्यसै भरंग भइदिन्छ। मनमा बोझ थपिन्छ यत्तिकै।
...
चिसो लिएर वेटर आयो र ऊसँग मुस्कुराएर गयो। मैले चुरोट सल्काएँ। भित्र छाती झन् बढी सल्किरहेको छ। उसले आफ्नो ब्यागबाट चुरोट नै झिकी र सल्काई।
'नाम के हो?' थाहा पाएकै कुरा सोधेँ।
'मोनालिसा!' मोनालिसा चित्रमा झैं ऊ उदास मुस्कुराई! वा मेरो भ्रम हो?
उसैले फेरि भनी, 'नाम जे भए पनि के फरक पर्छ?'
कति रुखी हो? मलार्ई दिक्क लाग्यो। मैले कुरा झिक्ने वा तान्ने मेसो पाइनँ। यस्ता अप्ठेराहरू सामना गर्न मलाई बडो मुस्किल पर्छ। चुपचाप चिसो र चुरोट पालैपालो लिएँ। ऊ भने चिसोमा भन्दा चुरोटको धुवाँमै व्यस्त भई। धुवाँको गोलो-गोलो चक्कर पारेर त्यतै टोलाई, यसपालि मायालाग्दी देखेँ, उदास! उसले जिन्दगीमा यसरी कति चुरोट सल्काइहोली र चुरोटसँगै आफूलाई कति अंश सल्काउँदी हो! म उसको अनुहारमा अल्भि्कएँ। ठूला आँखा मोटा तर सुलुत्त परेका सुन्तलाकेस्रे ओठ चुच्चो नाक लाम्चो अनुहारमा खुब सुहाएको छ। कति राम्री हो! भगवानले फुर्सदमै बनाएछन्।
चुरोट सकियो।
'यहाँ आएको पहिलो पटक हो?' ऊ नै सरु भई। मलाई लाज लाग्यो, 'हो'। ऊ फेरि मुस्कुराई। कुटिल! उसको अनुहारको हल्का बादल पूरै हट्यो र आँखा चल्मलाउन थाले। मेरो निधार, आँखा, नाक, ओठ, चिउडो उफ! मेरो सर्वांग रन्कियो, के गरूँ?
'धेरै दिनपछि मलाई स्पेसल गिफ्ट मिल्यो,' ऊ खुलेरै मस्किई।
मैले आँखा खुम्च्याएँ।
'मतलब आज मेरो जन्मदिन हो।' ऊ बांगिए पनि मैले बुझेँ, धेरै मस्त रैछे!
एउटा गिफ्टमा स्वाट्टै फेरिएझैं लागेर मैले आफूलाई सुस्तरी छामेँ, तर के लाग्छ मूर्तिझैं मेरो मन पनि त रुखो भैसकेको छ?
'ह्यापी बर्थ डे!' मैले हात बढाएँ। उसलाई छुँदा शरीरभरि दुई सय भोल्टेज बिजुली दौडियो।
'धन्यवाद!' उसले क्रान्तिकारी शैलीमा मेरो हात अठ्याई र मुस्कुराई। यसको मुस्कानमा मलाई पागल बनाउने चिज छ कि के हो?
'के गर्ने हो?' सोधी।
'पत्रकार हुँ!' ऊ फेरि हाँसी, मेरो पेसालाई व्यंग्य गरेझैं!
'ऊ अरूजस्ती होइन, भेट्दाबित्तिकै टाँसिने। खुब गफ गर्नुपर्छ।' केटाहरूले भनेको सम्झेर म संयमित भइरहेको छु। त्यसैबेला उसले मेरो जेबमै हेरी। म लजाएँ। मेरो बेचैनी बुझी कि के हो, म भित्रभित्रै आत्तिएँ।
'अर्को रेस्टुरेन्ट जाउँ न है?' उसले भनी, 'मलाई असाध्यै भोक लागेको छ। मलाई यस्तो भीडमा बस्न मन छैन।' उसको आत्मविश्वास देखेर म भने हच्किएँ।
'प्लिज!' उसले थोरै नखरा पारी। जुन ठाउँ भए पनि के फरक पर्छ! हल्ला होस् या शान्ति! मेरो मन बेचैन छ।
'हुन्छ।'
‘गुड बोय।'
अर्को रेस्टुरेन्ट पुगेपछि उसैले कफी मगाई र चुरोट मसँग मागी। यो ठाउँ निकै शान्त छ। धेरैजसो टेबुल खाली छन्। म पनि खाली हुन चाहन्छु। बोल्ने कुरा नपाएर यत्तिकै उसलाई हेर्छु, अलिअलि लाज मान्दै तर ऊ चुरोटको धुवाँले रङमगिएकी छ। मैले उसलाई उदास देखिरहेको छु त्यसैले कतै डर पनि लागेको छ। जीवनमा पहिलो पटक रेडलाइट एरियामा आइपुगेको छु। सुलोचना कहाँ होली? यो केटीमा मैले किन सुलोचना देखिरहेछु?
'के सोचेको?' चुरोटको एक चक्कर उडाएर उसले सोधी, 'चुरोट नलिने?'
'म धेरै चुरोट लिन्नँ।'
'राम्रो मान्छे!' उसको व्यंग्य।
'किन नराम्रो बनेको त आफूचाहिँ?'
'म नराम्री छु?'
खुब बांगिँदी रैछे, 'जसको आँखा नराम्रो छ उसले कसरी राम्रो देख्छ?'
'सकिँदैन बा।'
'किन?'
'कुरा गर्न कति आको हो भनेको!'
'हो क्यारे!' ऊ हाँसी, 'नबोली कसरी पट्याउन सकिन्छ त?'
'के?'
'पैसा।'
'ओ!?'
कफी लिएर वेटर आयो। उसले खानेकुरा मगाई। वेटर गयो फेरि बोलाई र पिउने कुरा पनि मगाई!
'अब बोल्ने पालो तिम्रो।' उसले तिमी नै भनेर सम्बोधन गर्दा म झन् हच्किएँ। फेरि सुलोचनाको याद, उफ!
'के बोल्नु त?' मैले उल्टै सोधेँ।
'यो त हद भयो।' जिस्काई, 'उसो भए आज म तिम्रो इन्टरभ्यु लिन्छु।' म हाँसेँ।
'गर्लफ्रेन्ड छ?' सोधी।
'छ।' म लजाएँ, मलाई किन छ भन्न आयो?
'बेमान।' उसले झपारी।
'कसरी?' म सोझो पल्टिएँ।
'त्यसो भए तिमी सबै कुरा खुलेर गर्छौ, ऊसँग? यहाँ आएको कुरा पनि?'
यसलाई के चासो होला!
'केटीहरू बढी इन्टरफेयर गर्छन्!' मैले जवाफ दिएँ।
'यो त उत्तर भएन। खैर, तर केटीहरू इन्टरफेयर मात्र गर्छन्, केटाहरू केटीलाई आफ्नो स्वामित्वको बस्तु नै ठान्छन्।' धेरै बाठी रैछ। मैले उसको कुरा सकारेँ र मनमनै आफूलाई उल्लु भनेर गाली गरेँ, एउटी केटीसँग बोल्न नसक्ने, थुक्क!
'तिमी खुब भलाद्मी रैछौ,' उसले फर्माई। मैले त रोमान्टिक हुनुपर्थ्यो। मलाई झन् संकोच लाग्यो।
'तिमी राम्री मात्र होइन बाठी पनि रैछौ,' मैले पनि फुर्काएँ।
'हो र?' मेरो प्रशंसामा कविता त लेख्दैनौ?' जिस्काई।
'म कवि होइन।'
'प्रेमी त हौ।'
मलाई फेरि सुलोचनाको सम्झना आयो। यो केटी राम्रीभन्दा बढी टाठी छे भनेर सोचिरहेको बेला उसले अकस्मात कुरा मोडीदिई। 'ए, तिमी पत्रकार हो नि?'
'हो।'

'कुन पार्टीको पत्रकार हौ?'
'पत्रकारको पार्टी हुँदैन।'
उसले ओठ लेप्र्याई र सोधी, 'समाचार कसरी लेख्छौ त?'
'छोड यी कुरा।'
समाचारको ह्याङओभरबाट भाग्दै हिँडेको छु। ऊ झन् त्यतै लखेट्छे बा। यसलाई किन चाहिएको होला?
'माओवादीले भत्काएका बिजुलीका फोनका टावर, भवन, पुल फेरि बने कि बनेनन् होला, है?' उसले सोधी, 'तिमी बाहिर गएका छौ घुम्न?'
'गएको छु,' मैले गफ दिएँ, 'धेरैजसो बनिसके।'
अनि भत्किएका जीवन नि?' उसले यो प्रश्न मलाई होइन, रुफटप रेस्टुरेन्टमा भर्खरै उदाएको जूनतिर हेरेर सोधी। म अचम्मले उसलाई हेरिरहेँ।
खानेकुरा आयो।
उसले कपाकप खाई। अब पिउने पालो! उसले वाइन बनाउँदै मलाई सोधी, 'तिमी रक्सी पनि धेरै लिँदैनौ, हो?'
'अलिअलि लिन्छु।'
'त्यसो भए एउटा गिलास फर्काइदिउँ?'
'हुन्छ, हामी एउटै गिलासबाट खाउँला।'
ऊ मुस्कुराई, 'माया बढ्यो भने?'
'राम्रै हुन्छ।'
'तिमीलाई त नखाँदै लाग्दो रैछ।' मलाई जिस्काउँदै दिई र चियर्स गरी, आफ्नो भाग एकैचोटि सकी। उसको आँखामा के-के छ? मस्ती कि उदासी मैले ठम्याउनै सकिनँ।
'मैले त ठानेकी थिएँ तिमी भलाद्मी मात्र छौ,' मैले उसलाई पर्लक्क हेरेँ, 'तिमी त रोमान्टिक पनि रैछौ।'
म पहिलो पटक मख्ख परेँ।
'यस्तो मान्छे पहिलो पटक भेटेँ,' उसले भनी।
'कस्तो?' म उत्सुक भएँ।
'ब्वाइफ्रेन्डजस्तो।' उसको नखरा, उफ!
'मलाई घुमायो।'
उसलाई लागेछ। म भने बल्ल मुडमा आउँदैछु। मैले पनि सिध्याएँ।
'तिमीले कति पढेकी छौ?'
'एसएलसी पास।'
'अरू पढ्दिनौ?'
'पढेर के हुन्छ?' उसले सोधी।
'के बन्न मन छ?'
'तिम्री प्रेमिका।' ऊ त छिल्लिई।
'तिमी बोलेकी कि रक्सी?' उसले बुझिन। 'के रे?'
अचानक दिमागमा नयाँ तर्क फुत्त आयो। भनेँ, 'तिमी मेरी प्रेमिका होइनौ र भनेको!'
'तिमीलाई रक्सी लाग्यो,' उसले घोषणा गरी।
'तिम्रो नसा झन् बढी लाग्यो,' मैले मनमनै भनेँ। ऊ मेरो छेउ आई र मलाई खुब चलाई। मलाई लाज लाग्यो। तिमी खुब लजालु रैछौ। ऊ बीचबीचमा भन्थी।
'मेरो घरमा जाने?' उसले भनी।
'हुन्छ।'
उसको कोठा।
हलजस्तै कोठा, प्रसस्त हावा र उज्यालो छिर्ने जस्तो खुला झ्याल। झ्यालनिर बेड। एउटा कुनामा किचन अर्कोमा मेकअप टेबुल र दराज बेडको छेउमै किताबहरू राखेको र्याक रैछ। 'यसले के पढ्दी हो?' मैले उसको अनुहार हेरेँ र फेरि किताबको र्याकमा! हो, त्यसै बेला उसले मलाई किस गरी र बाथरुम गई। मैले उसको किताबको र्याक हेरे। त्यहाँ डायरीहरू पनि थिए। बीचबाट एउटा झिकेँ।
माघ ११ गते
आज मेरो जन्मदिन। म १७ वर्ष पुगेँ! तर म कत्ति पनि खुसी छैन। यो अनकन्टार गाउँको सेल्टरमा आज पनि मलाई कमरेड कृष्णले जथाभावी गर्यो। धम्कायो र गयो। म केही बोलेँ भनेँ गोली ठोकेर गद्दार घोषणा गर्छ रे। मलाई गद्दार भएर मर्न मन छैन, उसको त्यो चिम्सो अनुहार देखेर मलाई खुब घिन लाग्छ उत्तिकै डर पनि लाग्छ। यहाँ मेरो संरक्षक भनेकै उही हो। तर उसैले मलाई लुट्छ र धम्काउँछ। मेरो कुरा अरू कसले सुन्ला? अरू त हाम्रो सम्बन्धबारे शंका गर्छन् र जिस्काउँछन्। अनन्त जसलाई मैले मन पराउँछु उसलाई समेत कृष्णले भड्काइसकेछ, उसले हिजै मलाई सुनायो, 'तिमी खुब राम्री छौ, वेश्या हुन लायक!' मेरो मुटु चुँडियो! मलाई यो संसार एकदम बिरानो लाग्न थालेको छ।

असार ७ गते
आज पनि फेरि भिडन्त भयो। कैयौं साथीहरू घाइते भए, कति मरे। हामी मरेका साथीका लास बोकेरै आयौं सेल्टरसम्म! मलाई आज भने डर लागेन, पीर पर्यो। तर रोएँ बेस्मारी! कैयौं साथीहरूको अझै खबवरै छैन। कमला कहाँ छे होली, सम्झेर त्यसै बाउँडिएको छ मन। ऊ र म सँगै जंगल पसेका थियौं। समान समाज निर्माण गर्न हाम्रो त्यो महान यात्रा कहिले सफल होला! कामरेडहरू भन्दै हुनुहुन्थ्यो- अब जित धेरै टाढा छैन। हाम्रो युद्ध सफल भयो भने हामी दलित भनेर हेपिँदैनथ्यौं। कमलाको घरमा म निर्धक्क जान पाउने थिएँ! हाम्रा बाले तिर्नपर्ने साहुबाको रिन पनि मिनाहा होला! तर पार्टीभित्रका केही मान्छेले किन गलत काम गर्छन्, म बुझ्दिनँ। पारिगाउँको साहुको कुरा सुनेर हेडसरलाई भौतिक कारबाही गरेको मलाई मन परेन। त्यो सबै काम कामरेड कृष्णको होला। ऊ खुब फटाहा छ। उसले आज मलाई अर्कै सेल्टरबाट चिठी लेखेको थियो, खासमा धम्की पत्र! मलाई पीर पर्न छोडिसकेको छ! पीर धेरै भयो भने मुटु दुख्दैन क्यारे!
असोज १५
दसैं आयो। घरमा दसैंको रमाइलो होला। गाउँ सम्भि्कयो भने रुन मन लाग्छ अझै पनि! आज 'आमा' पढेर सकेँ! ओहो म झन् उत्साहित भएँ! हाम्री आमा पनि त्यस्तै कुरा बुझ्ने भैदिए! आमाले त त्यो मरी हाम्रो लागि भन्छिन् अरे! मैले एकदिन फकाउँला नि! तिनलाई के थाहा, म कत्रो महान काममा हिँडेको छु। तर किताब पढ्यो भने मन त्यसै भरिएर आउँदो रहेछ। अब म पढ्न थाल्नेछु। स्कुल पढ्ने रहर त म हाम्रो युद्ध सकिएपछि पूरा गर्नेछु। पहिले यो समाज व्यवस्थाको उपचार जरुरी छ। मलाई मर्न त डर छैन तर हाम्रो युद्ध सफल भएपछि कस्तो होला देश, समाज! हेर्न मन छ।

त्यसपछि चाहिँ मैले पढ्न सकिनँ र डायरी बन्द गरेर राख्दिएँ। ऊ माओवादी छापामार थिई? उफ! ऊ बाथरुमबाट आई। रक्सी लागेका उसका आँखामा उदासी र कामुकता के-के थियो तर मैले त 'देख्यौ एउटी केटी मान्छेको सपना र ज्यानलाई राजनीति, समाज र पुरुषले कसरी लुछ्दा रहेछन्?' पढेँ। नमिठो पीडा अनुभव गर्दै मैले उसको शिरमा सम्मानपूर्वक चुमेँ र निस्किएँ।
(साभार -नगरिक)
No comments:
Post a Comment