Tuesday, 17 April 2012

नक्कली डिएसपी पक्राउ

काठमाडौं,
बैशाख ५(नागरिक)-आफूलाई सशस्त्र प्रहरीको डिएसपीको रुपमा परिचयदिँदै धम्क्याएको अभियोगमा सशस्त्रका भगौडा जवान भक्तबहादुर सिंह पक्राउ परेका छन्। लेनदेनको विवाद मिलाउँछु भन्दै फोनवाट
पटक पटक धम्क्याएको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो।
महाशाखाका अनुसार उनले विभिन्न मितिमा खेटराज श्रेष्ठलाई मोवाईलमा फोन गरेर...म सशस्त्र प्रहरी वलको डिएसपी. हुँ तलाई मेरो इन्सपेक्टर लगाई मारी दिन्छु' भन्दै धम्क्याउने गरेका थिए।
उनले अन्य ब्यक्तिलाई समेत फोनवाट धम्क्याउन थालेपछी अनुसन्धानमा खटिएको महाशाखाको टोलिले मँगलवार पक्राउ गरेको हो। महाशाखाका अनुुसार सशस्त्रमा २०५७ मा जवान पदमा प्रवेश गरेका उनी २०६३ मा भागेका थिए। नेपालगञ्जमा राजु धितालको अपहरणगरी १४ लाख फिरौती लिएर उनको हत्या गरेको अभियोगमा पक्राउ परेका उनी १० महिना कारगार बसेर मुक्त भएका थिए।

No comments:

Post a Comment